हेटौंडाः यामाहा कम्पनिको रे जेड–आर स्कुटरको माइलेज च्यालेन्जमा शम्भु घिमिरे प्रथम भएका छन् । शनिबार हेटौंडा–१० स्थित यामाहाको शोरुम राज मोटर्सबाट सुरु भएको माइलेज च्यालेन्ज हेटौंडा बजारक्षेत्रको परिक्रमापछि एचआईडी, कमाने, गौरिटार रंगशाला, हटिया, रंगशाला, क्याम्पाडाँडा, कान्तिराजपथहुँदै हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा पुगेर यात्रा पूरा भएको थियो ।

करिब २४ किलोमिटरको यात्रामा सबैभन्दा बढी माइलेज प्राप्त गर्ने स्कुटर चालक शम्भु घिमिरेसहित द्वितीय हुने विशाल लामिछाने र तृतीय हुने ईश्वरी सिल्पकारलाई सम्मान गरिएको छ । सवारी साधनको नियमित परीक्षण, मर्मत तथा सर्भिसिङसँगै चलाउने कलाका कारण पनि माइलेज राम्रो प्राप्त हुन सक्ने भएकोले चलाउने कला र सवारी साधनको सुरक्षित प्रयोगलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले माइलेज च्यालेन्जको आयोजना गरिएको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठको भनाइ छ । माइलेज च्यालेन्जमा ३० जनाको सहभागिता रहेको थियो ।