हेटौंडाः नेपाल औषधी व्यवसायी संघ मकवानपुर शाखाको प्रथम वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेको प्रमुख आतिथ्य तथा औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको थियो ।

कार्यक्रममा प्रजिअ पाण्डेले औषधी व्यवसाय संवेदनशील व्यवसाय भएकाले सचेत रही प्रशासनमा गुनासो नआउनेगरी काम गर्नसमेत आग्रह गर्नुभएको छ । औषधी व्यवस्था विभागका प्रमुख मुकेन्द्र पञ्जियारले उपभोक्तालाई बाहिरी औषधी खरिद नगर्न आग्रह गर्नुभएको छ । गुणस्तरीय औषधी खरिद गर्न औषधी व्यवस्था विभागबाट स्वीकृति गरिएको औषधी खरिद गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ बागमती प्रदेशका उपाध्यक्ष शिव पण्डित, सदस्य सुधीर दाहाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवाल, औषधी व्यवसायी संघ चितवनका अध्यक्ष ईश्वरकुमार भण्डारी, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश संयोजक बासुदेव खतिवडा, उपभोक्ता मञ्च नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेल, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईलगायत औषधी व्यवसायीहरुको उपस्थिति थियो ।