डीबी बर्तौलाको ‘पसिनाको आभा’ विमोचन गरिँदै ।

हेटौंडाः मकवानपुरका मुक्तककार डीबी बर्तौलाको पसिनाको आभा विमोचन एवम् विमर्श भएको छ । शनिबार हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको सभाकक्षमा बर्तौलाको दोस्रो कृतिको रुपमा ‘पसिनाको आभा’ विमोचन गरिएको हो ।

विश्वनाथ सञ्जेल र भवानी तिमल्सिनाले पसिनाको आभामाथि समीक्षा गर्नुभयो । समिक्षक सञ्जेलले संस्कृत साहित्यबाट मुक्तक सुरु भई पूर्वीय संस्कृतिबाट मुक्तक भित्रिएको बताउनुभयो । चतुर्थ शैलीमा लेखिएका मुक्तम बढी शक्तिशाली हुने जसलाई सुरुमा विषय वस्तुको भाव दर्साउनुपर्ने बताउनुभयो ।

४ खण्डमा विभाजन गरी तयार परिएको मुक्तक संग्रहमा एक सय २६ वटा मुक्तक समेटिएको छ । वर्गीय चेत, देश प्रेम, सभ्यता बोध, आशावादी सोच, जीवन बोध र शैक्षिक जस्ता विषयमा यस कृति रहेको समीक्षक सञ्जेलले उल्लेख गर्नुभयो । विधागत रुपमा फरक–फरक विषयमा लेखिएको मुक्तक नै पसिनाको आभाका सवल पक्ष रहेको सञ्जेलले दावी गर्नुभयो ।

यसैगरी तिमिल्सनाले देशको चित्र, उज्यालो भावीमा आधारित कृति रहेको बताउनुभयो । राजनीतिक, सामाजिक र आर्थिक जस्ता विषयमा विकृति र विसङ्गतिबारे लेखकले उठान गरेका छन् । संसार नै प्रेम हुन् र जिउने आधार मिल्छ भन्ने प्रसंग समेत मुक्तकमा जोडिएको उहाँको भनाइ छ । साहित्यकार सुवास खनालले लेखक डीबी बर्तौलाको परिचय दिनुभएको थियो । श्रममा बढि विश्वास राख्नुहुने लेखकले विदेशिएका युवाबारे चिन्तन गरिने व्यक्ति लेखक रहेको खनालले जानकारी दिनुभयो ।

नेपाली विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएका छन् । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको सभाध्यक्ष तथा बुटवलका साहित्यकार रुद्र ज्ञवालीको प्रमूख आतिथ्यमा कार्यक्रम भएको थियो । गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा साहित्यकार रमेश समर्थन र कृतिका प्रकाशक सूर्य बीसी लगायतको उपस्थिती रहेको थियो ।