तृतीय पुरस्कार ग्रहण गर्नुहुँदै मकवानपुरका संप्रस पौडेल ।

हेटौंडाः वृहत् राष्ट्रिय हास्यव्यङ्ग्य कवि सम्मेलनमा मकवानपुरका संप्रस पौडेल तृतीय हुनुभएको छ । शुक्रबार काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको सम्मेलनमा पौडेल तृतीय हुनु भएको हो । पौडेलले ‘हाम्रो नेपाल’ शीर्षकमा कविता वाचन गर्नुभएको थियो । पौडेलले पुरस्कारस्वरुप नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

यसैगरी कास्कीका संगम संयोग प्रथम र झापाका विन्दु दाहाल द्वितीय हुनुभएका छन् । प्रथम र द्वितीयले क्रमशः ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । संगमले ‘हामी भलाद्मी भयौं’ शीर्षकमा कविता वचन गरी प्रथम हुन सफल भएको हो भने विन्दु दाहालले ‘हाँसेर गई गाजल’ शीर्षकमा कविता वाचन गरी द्वितीय हुन सफल हुनुभएको हो ।

प्रतियोगितामा सहभागी हुन प्राप्त १०२ रचनामध्ये आयोजकले २७ वटा कविता प्रस्तुतीका लागि छनोट गरेको थियो । शुक्रबार प्रस्तुत गरिएका २७ मध्येबाट प्रथम, द्वितीय र तृतीय छनोट गरी पुरस्कृत गरेको हो ।