hen

हेटौंडाः हेटौंडामा बोइलर कुखुराको मासुको मूल्य प्रतिकेजि २० रुपैयाँले घटेको छ । मकवानपुरको विभिन्न ठाउँमा बर्डफ्लु फैलिएसँगै कुखुराको मासुको मूल्य पनि घटेको हो । ४ सय ५० रुपैयाँ पर्ने कुखुराको मासु अहिले घटेर ४ सय ३० रुपैयाँमा बिक्री भईरहेको फ्रेस मिट शपका सनिश खड्की साहीले बताउनुभयो ।

यसैगरी लोटन कुखुराको मासुको मुल्य भने बढेको पाइएको छ । यता लोटन कुखुराको मासुको मुल्य भने ५० रुपैयाँले बढेको छ । ५ सय ५० रुपैयाँ पर्ने लोटन कुखुराको मासु अहिले ६ सय रुपैयाँमा बिक्री गरिँदै आएको उहाँले जानकारी दिनुभयो । बोइलर कुखुराको तुलनामा लोटन कुखुराको मासु उपभोक्ताले बढी रुचाउने पाइन्छ । तर, माछामासु व्यवसायी संघले भने नियमित अनुगमन नगर्नुले उपभोक्ता चिन्तित छन् । गुणस्तरहिन मासुले उपभोक्ताको स्वास्थ्यमाथि समस्या निम्याउने भन्दै उपभोक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।