पुरस्कार लिँदै अमर माविकी छात्रा आयुष्मा भण्डारी ।


हेटौंडाः अनेरास्ववियू हेटौंडा उपमहानगरपालिका कमिटिद्वारा स्थानिय तहको निर्वाचन र हामीले खोजेको जनप्रतिनिधि विषयमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा अमर माविकी आयुष्मा भण्डारी प्रथम भएकी छिन् ।

यस्तै, प्रतियोगितामा तुलसी मेयर मेमोरियलकी सलिना डंगोल द्धितिय भएकी छिन् भने ज्योति माविकी विशेषता अधिकारी तृतीय भएकी छन् । सिद्धार्थ माविकी छात्रा जिना यादव सान्त्वना भएकी छिन् । प्रतियोगिताको प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ३ हजार, २ हजार, एक हजार रुपैयाँ, १ हजार रुपैयाँ र ५ सय रुपैयाँसहित शिल्ड मेडलद्वारा पुरस्किृत गरिएको छ । प्रतियोगितामा विभिन्न विद्यालयहरुबाट १६ जना विद्यार्थीहरु सहभागी थिए । हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय उपमहासचिव किशोर टण्डन, अनेरास्ववियू जिल्ला अध्यक्ष अरुण बर्तौला, जिल्ला सचिव आकाश अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।