विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्दै ।


हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नं–६ गौरीटारमा रहेको बाल जागृती यूवा वर्ष माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ । स्थानीय अभिभावक विदुर प्रसाद चौंलागाई र विद्यालयका पुर्ब विद्यार्थीहरुको आर्थिक सहयोगमा स्कुल ब्याग वितरण गरिएको हो ।


कक्षा १ देखि ५ सम्मका एकसय जना विद्यार्थीलाई करीब ४० हजार रुपैयाँ बराबरको ब्याग वितरण गरिएको हो । ६ नम्बर वडाका वडा सदस्य राजकुमार वास्तोलाको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई ब्याग हस्तान्तरण गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार तिमल्सिना, शिक्षक अभिभावक समितिका अध्यक्ष आशिष चौलागाई, विद्यालय व्यवस्थापन समितिका सदस्य, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो । विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।