हेटौंडाः मातृभूमि साहित्य समाज मकवानपुले ८ जना श्रष्टालाई सम्मान गर्ने भएको छ । बुधबार पत्रकार भेटघाट कार्यक्रममा समाजका अध्यक्ष माधव पोखरेलले आगामी चैत २६ गते विभिन्न विधाका व्यक्तिलाई सम्मान गर्ने जानकारी दिनुभयो ।
नित्य गोविन्द स्मृति—मातृभूमि संगीत पुरस्कार—२०७८ बाट काठमाडौंका शक्ति बल्लभलाई २० हजार रुपैयाँ नगद राशिसहित सम्मान गरिने पोखरेलले बताउनुभयो । ११ हजार रुपैयाँ राशिको होमनाथ वलदेवी—मातृभूमि छन्द साहित्य सम्मान—२०७८ गोरखाका साहित्यकार सीताराम अधिकारीलाई प्रदान गरिने भएको छ ।
यसैगरी, २१ हजार रुपैयाँ राशिको मायादेवी—मातृभूमि पुरस्कार—२०७८ पर्वतकी गंगा पौडेललाई प्रदान गरिने भएको छ । १५ हजार रुपैयाँ पुरस्कार राशि भएको क्षेत्रबहादुर स्मृति—मातृभूमि सम्मान—२०७८ सहित नवलपरासीका बसन्त बिडारीलाई सम्मान पोखरेलले बताउनुभयो । राजकुमार स्मृति—मातृभूमि सम्मान—२०७८ बाट मकवानपुरका उज्ज्वल भण्डारीलाई १५ हजार रुपैयाँ राशिसहित सम्मान गरिने भएको छ ।
यस्तै, मकवानपुरका पत्रकार महेन्द्र श्रेष्ठलााई नगद ७ हजार ५ सय पुरस्कार राशिको केशवलाल स्मृति—मातृभूमि पत्रकारिता पुरस्कार—२०७८ प्रदान गरिने उहाँले जानकारी दिनुभयो । ७ हजार ५ सय नगद राशिको मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान—२०७८ मकवानपुरकै जेनिश उप्रेतीलाई प्रदान गरिने अध्यक्ष पोखरेलले बताउनुभयो । १० हजार रुपैयाँ राशिको मञ्जु सुवेदी स्मृति सम्मान—२०७८ मकवानपुकी सरस्वती बर्तौलालाई प्रदान गरिने उहाँले जानकारी दिनुभयो । पत्रकार भेटघाट कार्यक्रममा समाजका उपाध्यक्ष कृष्णप्रसाद दाहाल, पूर्वअध्यक्ष देवराज खरेल, सल्लाहकार मुक्तिगोविन्द वैद्य, सचिव मञ्जु खराललगायतको उपस्थिति रहेको थियो ।