हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ ले तेक्वान्दो खेलकुद सामग्री वितरण गरेको छ । शुक्रबार सुरसा ढुङ्गना डोजाङलाई तेक्वान्दो खेलकुद सामग्री वितरण गरेको हो ।

जिल्ला तेक्वान्दो कार्यसमिति मकवानपुरको पहलमा डोजाङलाई करिब ३० हजार रुपैयाँ बराबरको खेल सामग्री प्राप्त भएको जिल्ला तेक्वान्दो कार्यसमिति मकवानपुरका अध्यक्ष राजकाजी बज्राचार्यले जानकारी दिनुभयो । ढुङ्गनाले अहिले हेटौंडा–५ स्थित बालज्योति माविमा र पिप्लेमा तेक्वान्दो प्रशिक्षण दिदै आउनु भएको छ । दैनिक ५० जना खेलाडीलाई प्रशिक्षण दिने गरेको अध्यक्ष बज्राचार्यको भनाइ छ । हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँले खेल सामग्री हस्तान्तरण गर्नुभएको हो । खेल सामग्री हस्तान्तरण कार्यक्रममा तेक्वान्दोका केन्द्रीय सदस्य दिपेन्द्र चन्द ठकुरी, जिल्ला कार्यसमिति सदस्य विमल विक लगायतको उपस्तिथि रहेको थियो ।