हेटौंडाः सर्लाही जिल्लाको बागमती नगरपालिकामा जारी छैठौं संस्करणको राजर्षी जनक गोल्डकप प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा मकवानपुरको पिप्ले युवा क्लबले आयोजक बागमती युवा क्लबसँग आज बिहिबार खेल्दै छ । प्रतियोगिताको साविक विजेता पिप्ले तथा उपविजेता आयोजक बागमती बीचको खेल दिउँसो ४ बजे हुनेछ ।
पिप्ले युवा क्लब ‘ए’ डिभिजन हिमालय शेर्पालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने आयोजक बागमती युवा क्लबले न्यु रोड टिम (एनआरटी) लाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । आज दुवै टोली जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । खेलमा विजयी हुने टिमले आइतबार हुने फाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुनेछ ।