विश्व क्षयरोग दिवसमा आयोजित प्रभातफेरीमा सहभागीहरु ।

हेटौंडाः विश्व क्षयरोग दिवसको अवसरमा हेटौंडामा प्रभातफेरीको आयोजना गरिएको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहीबार विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य सेवा अध्ययनरत विद्यार्थी, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी, सुरक्षाकर्मीको उपस्थितिमा हेटौंडा नगरक्षेत्रमा प्रभातफेरीको आयोजना गरिएको हो ।

विश्व क्षयरोग दिवसमा आयोजित प्रभातफेरीमा सहभागी स्वास्थ्य स्वयंसेविकाहरु ।

प्रभातफेरीपछि निर्देशनालय परिसरमै पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्नुहुँदै हेटौंडा अस्पतालका निनित्त मेसु डा. हरिबहादुर खड्काले क्षयरोगको पहिचानका लागि खकार परीक्षण सेवा विभिन्न स्थानमा हुने गरेको तथा उपचारका लागि निशूल्क औषधि वितरण भइरहेको जानकारी दिनुभयो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले सर्वेषणका क्रममा सोचेभन्दा दुइ गुणा बढी क्षेयरोगी भेटिएको बताउनु भयो ।

‘दुइ हप्ते खोकी क्षयरोग पो हो कि भन्ने नारा नै बनेको उल्लेख गर्नुहुँदै उहाँले दुइ हप्तासम्म खोकी लागेमा, साँझपख ज्वरो आएमा क्षयरोगको आशंकामा परीक्षण गर्नुपर्ने सुझाव दिनुभयो । क्षयरोग अन्त्यका लागि “लगानी बढाऔं, क्षयरोग घटाऔं” भन्ने मूलनाराका साथ आयोजित सभामा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको पनि उपस्थिति रहेको थियो ।