बागमती प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको जानकारी दिन प्रदेश सभा सचिवालयले बुधबार जारी गरेको विज्ञप्ति ।

हेटौंडाः बागमती प्रदेश सभाको नवौं अधिवेशन बुधबार राती १२ बजेदेखि अन्त्य हुने भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशको मन्त्रिपरिषद्को सिफारिसमा चैत ९ गते बुधबार राती १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्नुहुँदै प्रदेश सभा अन्त्य भएको जानकारी गराउनुभएको छ ।