हेटौंडाः हेटौडा उपमहानगरपालिकाको कार्यालयद्वारा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर सुरु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नं. ५ स्थित वन उपभोक्ता समितिको भवनमा बुधबारदेखि शिविर सुचारु भएको हो ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर हेटौडाको १९ वडाका ३ स्थानमा संचालन हुने छ छ । यसैगरी घटना दर्ता तथा सामाजिक सुरक्षा शिविरले हेटौडा उपमहानगरपालिकाभित्र बाँकी रहेका दर्ताहरु एक सय प्रतिशत लाभग्राहीले सेवा लिने जनाएको छ ।
यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर बिहीबार हेटौडा उपमहानगरपालिका वडा नं ६, १७ र १८ मा संचालन हुनेछ । हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतले सेवाग्रीलाई जन्मदर्ता हस्तान्तरण गराई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर सुरुवात गर्नुभयो । कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, माहाशाखा प्रमुख भिम प्रसाद तिमल्सिना र सुचना अधिकारी भानुभक्त थपलियाको उपस्थिति रहेको थियो ।