सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ जम्बुचौतारामा श्रीमान श्रीमतिको झगडा हुँदा श्रीमानको मृत्यू भएको छ । आज मंगलबार साँझ ६ बजेको समयमा ४३ वर्षीय मित्रलाल सुनार र श्रीमति ४१ वर्षीया अनिता बि।क बीच घरायसी विवाद भएको प्रहरीले जनाएको छ ।


विवादमा अनिताले श्रीमानलाई हातले धकेल्दा श्रीमान मित्रलाल लडेर अचेत भई तत्काल उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो । अस्पतालको डाक्टरले ७ बजे श्रीमान मित्रलाललाई मृत घोषणा गरेको हो । निजको श्रीमती अनितालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।