हेटौंडाः नेकपा एमाले बागमती प्रदेश कमिटीमा ७९ जना सदस्य मनोनय भएको छ । प्रदेश कमिटीको फागुन २६ गते सम्पन्न तेस्रो पूर्ण बैठकले मकवानपुरका ७ जनासहित ७९ जना सदस्य मनोनयन गरेको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले बागमती प्रदेश कमिटीले प्रदेश कमिटी सदस्यमा मकवानपुरका बुद्धरत्न मानन्धर, हरिबहादुर महत, ईन्द्रमान स्याङ्तान, सम्राट तुम्बाहाम्फे, डिल्लीप्रसाद दाहाल, रामचन्द्र अर्याल, श्यामभक्त श्रेष्ठ मनोनित हुनुभएको छ ।

यस्तै बैठकले पार्टीका प्रत्येक सदस्यहरु कुनै न कुनै कमिटीमा आवद्ध हुने र कमिटीका प्रत्येक सदस्यले गरेका कार्यको मापन गर्न सकिने गरी जिम्मेवारी प्रदान गरेको जनाएको छ । प्रत्येकलाई व्यक्तिगत अनुभव र रुचि अनुसार पार्टी काममा आवश्यकताको आधारमा जिम्मेवारी बाँडफाँड गरिएको दावी गरेको छ । मकवानपुरका संघीय निर्वाचन क्षेत्र २ को इन्चार्जमा रामचन्द्र राई र सुवासचन्द्र ठकुरी, सहइन्चार्जमा देवराज रिमाल र पद्मा पौडेल जिम्मेवारी प्रदान गरिएको छ ।

प्रदेश निर्वाचन क्षेत्र १ को क को ईन्चार्जमा बद्रीप्रसाद लम्साल, सहइन्चार्जमा दिलबहादुर घिसिङ, १ को ख को इन्चार्जमा रघुनाथ खुलाल, सहइन्चार्जमा श्याम श्रेष्ठ, २ को क मा बलराम बल र २ को ख को इन्चार्जमा एकराज उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै १० वटा स्थानीय तहरुमा प्रदेश सदस्यहरु गोपाल श्रेष्ठ, कमल विष्ट हरि बहादुर महत रामचन्द्र अर्याललाई हेटौडाका सहजकर्ताको जिम्मेवारी प्रदान गरिएको छ । थाहा नगरपालिकाका सहजकर्तामा बुद्धरत्न मानन्धर, वरिना बल तामाङ र श्याम भक्त श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

इन्द्रसरोवर गाउँपालिकाको सहजकर्तामा भोजराज ढकाल, कैलाश गाउँपालिकाका सहजकर्तामा अर्जुन अर्याल र बकैयाको सहजकर्तामा डिल्ली प्रसाद दाहाल र नारायण सापकोटालाई जिम्मेवारी प्रदान गरिएको छ । यस्तै बागमती गाउँपालिकाको सहजकर्तामा अणराज जर्घा, भिमफेदीका सहजकर्तामा भगवती पुडासैनी, मकवानपुरगढीको सहजकर्तामा हर्कमाया रुम्बा र नवराज तिमल्सिनालाई जिम्मेवारी प्रदान गरिएको छ । यस्तै मनहरीको सहजकर्तामा श्याम ढकाल र राक्सिराङका सहजकर्तामा ईन्द्रमान स्याङ्तानलाई जिम्मेवारी प्रदान गरिएको छ ।

एमाले बागमती प्रदेशका अध्यक्ष केशबराज पाण्डेको अध्यक्षता तथा एमालेका केन्द्रीय कमिटीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा फागुन २६ गते काठमाडौमा बैठक काठमाडौंमा सम्पन्न भएको थियो ।