प्रगतिशील लेखक संघ मकवानपुरका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरु ।

हेटौंडाः प्रगतिशील लेखक संघ (प्रलेस) मकवानपुरको अध्यक्षमा श्रीराम अधिकारी चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको संघको आठौं जिल्ला सम्मेलनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा विशाल अधिकारी र सरस्वती तिमल्सिना, सचिवमा चिरञ्जीवी लामिछाने, सहसचिवमा लीला उर्वशी र कोषाध्यक्षमा विधान आचार्य चयन हुनुभएको छ । यस्तै सदस्यमा मीना श्रेष्ठ, कैलाश धिताल, सूर्यबहादुर गोले, अरुण थिङ र बिक्रम लामा चयन हुनुभएको छ ।