रौतहट, भाद्र २५ ।
रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर ६ कुड़ियामा स्थिति नियंत्रण गर्न प्रहरीले आश्रु ग्यास तथा हवाई फायर गरेका छन । हिन्दू हरुले छठ घटमा छठ पूजा गर्नलाइ बनाएका श्रीसाप्ता मुस्लिम समुदायले तोड़न लाग्दा भएको झड़पमा प्रहरीले १० राउण्ड भन्दा बढ़ी आसु सेल तथा हवाई फायर गरेका छन ।
एक वर्ष पहिला हिन्दू समुदायका व्यक्तिहरुले छठ घटमा निर्माण गरेका श्रीसाप्तालाइ समूहमा गएका मुस्लिम समुदायका व्यक्तिहरुले तोड़न थालेपछि रोक्न गएका स्थानीय प्रहरी कार्यालयका टोली माथि प्रहार गर्न लाग्दा प्रहरी र मुस्लिम समुदाय विच झड़प भएको हो ।
हिन्दू समुदायका कोही नभएका बेला उनीहरुले यस्तो कार्य गर्न लागेकोमा प्रहरीले सामुदायिक सदभाव खलवलिने कार्य नगर्न आग्रह गर्दा पनि नमाने पछि बाध्य भएर हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय राजपुर फरहदवा प्रहरी नायव निरीक्षक परमानन्द यादवले बताएका छन ।
ज्यादती बढ़ी भएपछि प्रहरीले फायर गरेको उनको कथन रहेको छ । प्रहरीले फायर गरे पछि स्थिति सामान्य भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुहर्रम पर्वमा ताजिया मिलान गर्ने ठाउमा श्रीसपता निर्माण गरेको भन्दै मुस्लिम समुदायले तोड़ने कार्य गरेको प्रहरीले जनाएको छ । स्थिति समय भएपनि घटना पुनः नहुने उदेश्यले सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मुस्लिम समुदायका व्यक्तिहरुले श्रीसाप्ता फोडेर इस्लामिक झण्डा गाडेका स्थानीय सुनील साहले बताएका छन । झण्डा गाडिएको ठाउमा प्रहरी रहेका छन । झण्डा हटाइएको छैन ।
राजपुर , रामपुर खाप ,नरकटिया ,मठियामा मुस्लिम समुदायले पटक पटक हिन्दू समुदाय सित निहु खोज्ने गरेका छन । बसंतपंचमी , विजयादशमी , होली लगायत पर्वको बेला जाइ लाग्ने मुस्लिम समुदायले हिन्दूहरुको धर्म माथि प्रहार गर्दै आएका छन ।