हेटौंडाको स्कुल रोडमा खेलिएको होली ।


हेटौंडाः रंगहरुको पर्व फागु पूर्णिमा (होली) तराई तथा मधेसका जिल्लाहरुमा आज हर्सोलासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा हिजो बिहीबार नै फागु पूर्णिमा मनाइएको छ । तर, जनकपुरबाहेकका मधेस तथा तराईका जिल्लाहरुमा भने आज होली मनाइँदै छ ।

होलीका अवसरमा तराईका जिल्लाहरुम आव सार्वजनिक बिदा दिएको छ । स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भानिन्छ ।

तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।


आज तराईमा नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरुलाई रङ्ग्एर रमाईलो गर्दै होली मनाइन्छ ।