हेटौंडाः बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत भलिबलमा महिला भलिबल तर्फ चितवन र रामेछाप फाइनल प्रवेश गरेको छ । चितवनको माडी खेल मैदानमा भएको खेलमा रामेछापले सिन्धुलीलाई २५–१०,१५–२५,२५–१४, २५–२०ले हराउदैं रामेछाप फाइनल प्रवेश गरेको हो ।

त्यस्तै, चितवनले दोलखालाई साझै सेटमा हराएको छ । चितवनले दोलखालाई २५–१२,२५–९,२५–८ले हराउदैं फाइनल यात्रा तय गरेको हो ।

पुरुष तर्फभने चितवन र सिन्धुली फाइनल प्रवेश गरेका छन् । सेमीफाइनलमा सिन्धुलीले सिन्धुपाल्चोकलाई तथा चितवनले दोलखालाई हराउदैं फाइनल प्रवेश गरेको खेल संयोजक अशोककाजी थापाले बताउनुभयो ।