हेटौंडाः मंगलबार राक्सिराङ गाउँपालिका—८ मा वडास्तरी बाल सञ्जाल सगरमाथा बालक्लब गठन भएको छ । सिमाना प्रजाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिती चयन गरिएको श्री माध्यमिक विद्यालय देवीटारका प्रधानाध्यापक राजु रेग्मीले बताउनुभयो ।
उपाध्यक्षमा सुरेश प्रजा, सचिवमा प्रतिमा थिङ, सहसचिवमा निशान्त मोक्तान गरी ९ जनाको कार्यसमिती गठन गरिएको हो । राक्सिराङ गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा बाल विवाह सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम भएका छन् । सोही अवसरमा उक्त कार्यसमिती गठन गरेका हुन् ।
विद्यालयका प्रअ रेग्मीको प्रमूख अतिथ्य तथा ८ नम्बरका वडाध्यक्ष दशरथ गुरागाईँको सभाध्यक्षमा कार्यक्रम भएको थियो । कार्यक्रममा रामबहादुर राउत लगायत विद्यार्थी र शिक्षकहरुको उपस्थिती रहेको थियो ।