चेम्बर अफ कमर्शको पदाधिकारीहरु


हेटौंडाः नेपाल चेम्बर अफ कमर्शको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट माधव न्यौपाने सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको छ । आज बुधबार हेटौंडामा भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य निरज राई र प्रदेश अध्यक्ष सिद्धिलाल श्रेष्ठले टिका तथा लगाएर पदस्थापना गराएका थिए ।
यस्तै, संस्थाको उपाध्यक्षमा कविन सांगामी, महासचिवमा रबिन्द्र घिमिरे, सचिवमा शेखर थपलिया, कोषाध्यक्षमा शम्भु पुडासैनी, सहकोषाध्यक्षमा विवेक भण्डारी सर्वसम्मत चयन भएका छन् त्यसैगरी, सदस्यहरुमा सञ्जय गुप्ता, शर्मिला श्रेष्ठ, पारसमणि थिङ, सन्तोष खतिवडा, हरिशरण सुवेदी, गंगाप्रसाद पौडेल, राजेश अग्रवाल, शुशान्त खतिवडा, शिवनारायण श्रेष्ठ र लक्ष्मी नारायण श्रेष्ठ चयन भएका छन् । २१ सदस्ययीय कार्यसमिति रहेको संस्थामा १ महिलासहित ३ सदस्यहरु कार्यसमितिको बैठकबाट मनानित हुनेछन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा बाणिज्य सभापति निरज राईले नेपाल सरकारले उद्योगि ब्यवसायीलाई सहजरुपमा काम गर्ने वातावरण बनाई दिन आग्रह गर्नुभएको छ । हरेक व्यवसायीले व्यवसाय सुरु गर्नुभन्दा दर्ता प्रक्रियामै विभिन्न झमेला व्यहोर्नु परेको अवस्थामा एकद्वार प्रणालीमा दर्ता प्रक्रिया र त्यसपछिको अवस्थामा पनि आईपर्ने विभिन्न झमेलाहरुमा सहजिकरण गर्नु पर्ने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्शका वागमती प्रदेश अध्यक्ष सिद्धिलाल श्रेष्ठले कोभिडको मारमा परेका केही उद्योगि÷ब्यवसायी अझै उठन नसक्दा उनीहरुलाई राज्यले विशेष सुबिधा दिनु पर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष बिजयकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थामा महासचिव रबिन्द्र घिमिरे, सचिव शेखर थपलीया र सदस्य शर्मिला श्रेष्ठले मन्तब्य व्यक्त गरेका थिए ।