हेटौंडाः हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितातर्फ चितवन र ललितपुर फाइनल प्रवेश गरेको छ । आज सोमबार बिहान भएको क्वाटर फाइनल र सेमीफाइनल दुबै खेल जित्दै चितवन र ललितपुर फाइनल प्रवेश गरेको हो ।

चितवनले सिन्धुलीलाई ३–० र ललितपुरले धादिङलाई ३–० अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको ब्याटमिन्टन अफिसियल राम विनय श्रेष्ठले बताउनुभयो । फाइनल खेल मंगलबार हुनेछ ।

महिला तर्फ भने धादिङ र सिन्धुपाल्चोक फाइनल प्रवेश गरेको छ । सेमी फाइनलमा धादिङले ललितपुरलाई ३–२ अंकले र सिन्धुपाल्चोकले नुवाकोटलाई ३–२ अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।