हेटौडाः स्पोट्स युनियन नेपाल मकवानपुरको संयोजकमा नविन मिश्र चयन हुनु भएको छ । आज भएको अन्तरक्रिया तथा भेलाले मिश्रको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो ।

स्पोट्स युनियन नेपालका केन्द्रीय संयोजक बागमती प्रदेश सभा सदस्य, तथा नेकपा एमाले केन्द्रीय सदस्य सीता लामाको प्रमुख आतिथ्यता र नेकपा एमाले मकवानपुरका सचिव नविन सिग्देलको विशिष्ट आतिथ्यतामा कमिटि गठन भएको हो । कमिटिको सदस्यहरुमा अमृत मिश्र, सन्ध्या आचार्य, आस्था ढुङगेल, सन्देश राई, छिरिङ लामा थिङ, अमृता मुक्तान, संजिव मिजार, सागर लामा, रमन झा, अमृत सुनार चयन भएका छन् ।

कार्यक्रममा शिक्षक संघका केन्द्रीय अध्यक्ष रवीन पोख्रेल,केन्द्रीय सह-सचिव सचिन लामा, जिल्ला अध्यक्ष राजाराम पोख्रेल र स्पोट्र्स एकेडेमी मकवानपुर जिल्ला अध्यक्ष प्रकाश सुवेदी लगायतको आतिथ्यता रहेको थियो । खेलक्षेत्रमा आबद्ध रहेका श्रमिक वर्ग एवम मजदुर सबै क्षेत्रमा खेलाडीले खेल खेलेरै जीविकोपार्जन गर्र्ने र यो अधिकार सुनिश्चितता सहित खेलाडिलाई उचित ढंगले व्यवस्थापन गर्ने उदेश्य बोकेको यस संगठनले छिटै सम्मेलन आयोजना गर्ने जनाएको छ ।