हेटौंडाः हेटौैंडा उपमहानरपालिका अन्तर्गतका शिक्षकहरु बीच भलिबल प्रतियोगिता हुने भएको छ । उपमहानगरपालिकाको बार्षिक कार्यक्रम तथा कार्यालयको फाल्गुन १८ गते बसेको बैठकले प्रतियोेगता गर्ने निर्णय गरेको हो ।


प्रतियोगिता चैत १० गतेदेखि १२ गतेसम्म हुने उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाले जनाएको छ । प्रतियोगितामा सहभागि हुन चैत ५ गतेसम्ममा टिम दर्ता गर्नुु पर्नेछ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः २७ हजार, १८ हजार र १३ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।