कृषि मेलामा राखिएका स्टलहरु ।


हेटौंडाः आज हेटौंडा–४ मा मिनि कृषि बजार मेला भएको छ । मजदुर किसान कृषि सहकारी संस्था हेटौंडाको आयोजनामा मेला भएको हो । कृषि मेलामा दैनिक उपभोगका अर्गानिक उत्पादनहरु राखिएको छ ।


कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले देशभरमा २४ हजार सहकारी संस्था रहेकोमा बागमति प्रदेशमा १२ हजार सहकारी संस्था रहेको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा सर्वसाधारणको सहजताका लागी बागमती प्रदेशमा ५ देखि १० वटा जनसम्र्पक कार्यालय खोल्ने योजना रहेको बताउनुभयो । किसानको आर्थिक उन्नतीको लागि मन्त्रालयबाट पूर्ण रुपमा सहयोग हुने उहाँको भनाई छ । उहाँका अनुसार विचौलियाहरुको कारण किसान मारमा परेका छन् ।

किसानको उत्पादनको उचित मूल्य दिन र विचौलियाबाट मूक्त गर्न मजदुर किसान कृषि सहकारी संस्थाले मेला आयोजना गरेको हो । दैनिक उपभोग्य वस्तुहरु सहकारीले किसानबाट खरिद गरी उपभोक्तालाई बिक्री गर्ने मजदुर किसान कृषि सहकारी संस्था हेटौंडाका अध्यक्ष मुकेश भुजेलले बताउनुभयो । बागमति प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मजदुर किसान कृषि सहकारी संस्था हेटौंडाका शेर सदस्यहरुको उपस्थिति रहेको थियो ।