हेटौंडाः हेटौंडामा जारी एफसी कमलडाँडा प्रथम ८ ‘ए’ साइड खुला फुटबल प्रतियोगिता एफसी बसामाडीले जितेको छ । एफसी बसामाडीले जनप्रवाह क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि हात पारेको हो ।

खेलको निर्धारित समय ०–० गोलको बराबरीमा टुंगिएपछि खेल ट्राइबे्रकरमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा २–२ गोलको बराबरी भएपछि खेलको नजिता सडन डेथबाट एफसी बसामाडीले १–० को जित निकालेको हो ।

प्रतियोगिताको म्यान अफ दि म्याच जनप्रवाह क्लबका खेलाडी आकाश कटुवाल घोषित भए । प्रतियोगिताको विजेता एफसी बसामाडीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जनप्रवाह क्लबले नगद १५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगिताको हाई स्कोर वडा नं ७ फुटबल क्लबका सागर लामा भए । वेस्ट डिफेन्डर एफसी बसामाडीका निलन अर्याल घोषित भए भने उत्कृष्ट गोलरक्षकमा एफसी बसामाडीका गोपी बर्तौला र सर्वाधिक खेलाडीमा एफसी बसामाडीका छेवाङ लामा घोषित भए ।