सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा सोमबार कोरोना भाइरस संक्रमण शून्य रहेको छ । २४ घण्टाको अवधिमा ३ जनाको एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण नपाइएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । २४ घण्टामा पीसीआर विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण नभएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा १ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार अहिले मकवानपुर जिल्लामा सक्रिय संक्रमित १८ जना रहेका छन् । सबै सक्रिय संक्रमित होम आइसोलेसनमा रहेको कार्यालयले जनाएको छ ।