हेटौंडा फुटबल एकेडेमीका महिला खेलाडीहरु प्रशिक्षणको क्रममा । फाइल तस्वीर ।

हेटौंडाः प्रथम प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत मकवानपुरमा महिला खेलाडी छनौट भएका छन् । छनौट भएका खेलाडीहरुमा समिता स्याङ्तान, मनिषा बाईवा, मनिषा माया जिम्वा, सिमा थिङ, सुजिता मगराती, अन्जुमाया गोले, सुस्मिता बोम्जन, स्वेच्छा गोपाली रहेको प्रशिक्षक विजयलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

यस्तै जना रुम्वा, सन्दिपा सामरी, बिना डिमडुङ, बसन्तीमाया दोङ, लक्ष्मी गोले, पुजा लामा, धनमाया थिङ, सन्जिता बोम्जन र कमला रुम्वा पनि जिल्ला टिममा छनौट भएका छन् । महिला फुटबल खेलाडी छनौटसँगै मकवानपुरबाट आठ वटै खेलका खेलाडी छनौट भई प्रदेशमा नामावली पठाइएको मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयका प्रमुख खुशराज दाहालले जानकारी दिनुभएको छ ।