Home समाज निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाको स्वास्थ्य परीक्षण

निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाको स्वास्थ्य परीक्षण

हेटौंडाः सुस्मा कोइराला मेमोरियल अस्पताल काठमाडौंको आयोजनामा शनिबार हेटौंडा अस्पतालमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षण गराएकामध्ये ५४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र ३७ जनाको थप उपचार गर्नुपर्ने पाइएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा भेटिएका क्यान्सर, पुनः शल्यक्रिया गर्नुपर्ने र जन्मजात ओठ तथा तालु फाटिएका बिरामीलाई थप उपचार गरिने बताइएको छ । थप उपचारका लागि पहिचान भएका बिरामीलाई काठमाडौंस्थित सुस्मा काइराला मेमोरियल अस्पतालमा पठाइने हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी बिनिमा बज्राचार्यले जाकारी दिनुभएको छ ।

Exit mobile version