हेटौंडाः हेटौंडा–४, हुप्रचौरमा जारी एफसी कमलडाँडा प्रथम ८ ”ए” साईड खुल्ला फूटबल प्रतियोगितामा आज शनिबार ४ खेल हुँदैछ । आज हुने पहिलो खेलमा ज्ञानज्योति युवा क्लब र एफसी बसामाडी भिड्दैछन् । खेल अहिले १२ बजेबाट सुरु हुँदैछ ।
यस्तै दोस्रो खेलमा जनप्रवाह युथ क्लब र मदन भण्डारी स्पोर्टस् एकेडेमी भिड्दैछन् । खेल दिउँसो २ हुने जनाइएको छ । यस्तै आजै हेटौंडा फुटबल एकेडेमी (रातो) र केन्द्र प्रहरी सुरक्षा गण र हरियाली युवा क्लब र ७ नम्बर फुटबल टिम भिड्दैछन् । दुवै खेल दिउँसो ३ बजे हुने प्रतियोगिताका आयोजक कृष्ण गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा कुल २४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।