हेटौंडाः नेपाली कांग्रेस मकवानपुरको अधिवेशनबाट जिल्ला समिति सदस्य पदमा निर्वाचित शर्मिला श्रेष्ठलाई सम्मान गरिएको छ । सचेत नागरिक युवा समूह मकवानपुरकी उपाध्यक्ष रहनुभएकी श्रेष्ठलाई समूहले शुक्रबार साँझ सम्मान गरेको हो । श्रेष्ठलाई खादा र माला लगाइदिनुका साथै सम्मानपत्र प्रदान गरिएको छ ।

नागरिक सरोकारका विषयमा सरोकारवाला निकायलाई जिम्मेवार हुन प्रेरित गर्दै आएको सचेत नागरिक युवा समूहले आफ्ना सदस्यहरु राजनीतिक, सामाजिक क्षेत्रमा सफल एवम् विजयी हुँदा बधाई ज्ञापन गर्नुका साथै उनीहरुलाई स्थापित गर्न आवश्यक पैरवी समेत गर्दै आएको छ । सचेत नागरिक युवा समूह मकवानपुरका अध्यक्ष शिवनारायण श्रेष्ठको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा समूहका सल्लाहकार गणेश श्रेष्ठ, अनल श्रेष्ठको पनि आतिथ्य रहेको थियो । सम्मान कार्यक्रमको संयोजन समूहका कोषाध्यक्ष नवीन जोशीले गर्नुभएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!