हेटौंडाः हेटौंडा–८ स्थित विकास टोलमा एक भुस गोदाममा आगलागि हुँदा ५० हजार बोरा भुस नष्ट भएको छ । बुधबार राति ११ बजेर ३५ मिनेटको समयमा टिका प्रसाद कडेलको भुसको गोदाममा आगलागि हुँदा भुसको बोरा जलेर नष्ट भएको हो ।

आगलागि हुँदा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । आगलागि भएको खबर प्राप्त हुनासाथ उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जना टोली, बागमती प्रदेश बिपद व्यबस्थापन गुल्मबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोली, सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण मकवानपुरबाट सहायक प्रहरी निरीक्षकको कमाण्डमा २१ जनाको टोली खटेको थियो । ५ वटा दमकल, जेसीबि र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भएको जनाइएको छ ।