Home मुख्य समाचार भुसको गोदाममा आगलागिः ५० हजार बोरा भुस क्षति

भुसको गोदाममा आगलागिः ५० हजार बोरा भुस क्षति

हेटौंडाः हेटौंडा–८ स्थित विकास टोलमा एक भुस गोदाममा आगलागि हुँदा ५० हजार बोरा भुस नष्ट भएको छ । बुधबार राति ११ बजेर ३५ मिनेटको समयमा टिका प्रसाद कडेलको भुसको गोदाममा आगलागि हुँदा भुसको बोरा जलेर नष्ट भएको हो ।

आगलागि हुँदा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । आगलागि भएको खबर प्राप्त हुनासाथ उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जना टोली, बागमती प्रदेश बिपद व्यबस्थापन गुल्मबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोली, सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण मकवानपुरबाट सहायक प्रहरी निरीक्षकको कमाण्डमा २१ जनाको टोली खटेको थियो । ५ वटा दमकल, जेसीबि र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भएको जनाइएको छ ।

Exit mobile version