सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–१, चाइनाक्वाटर सडक छेउमा बुधबार बिहान एकजना मृत फेला परेको छ । मृतक सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाका ४० वर्षीय प्रेम प्रसाद रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

हाल हेटौंडा–१, चाइनाक्वाटरमा दिदिको घरमा भेटघाटका लागि आएको रेग्मी बुधबार बिहान सवा ७ बजेको समयमा लडेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रिमालले जानकारी दिनुभयो ।