Home मुख्य समाचार थाहानगरमा २० वर्षमुनिका २१ आमा

थाहानगरमा २० वर्षमुनिका २१ आमा

२०७३ साल जेठ महिनामा मकवानपुरको राक्सिराङ गाउँपालिकाको काँकडामा आयोजित एकीकृत घुम्ती शिविरमा सेवा लिन आएका २० वर्षभन्दा कम उमेरमा विवाह गरेर आमा बनेका किशोरीहरु । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा २० वर्षभन्दा मुनिका २१ जना आमा बन्नुभएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि फागुन ९ गतेसम्म २१ जना आमा बन्नुभएको थाहानगर स्वाथ्य शाखाका आहेव सन्तोष केसीले जानकारी दिनुभयो ।

थाहानगर स्वास्थ्य चौकीमा चालु आर्थिक वर्षमा प्रसुति सेवा लिएका १ सय ९२ जनामध्ये १ सय ७१ जना २० वर्षभन्दा माथिका रहेको उहाँले बताउनुभयो । बालविवाहकै कारण २० वर्ष नपुग्दै बालबालिका अभिभावक बनेको उहाँको भनाइ छ ।

बालबालिकाको अभिभावक नै सचेत बन्न नसक्दा सानै उमेरमा बालबालिकाले अभिभावकको जिम्मेवारी निभाउन बाध्य रहेका छन् । दुर्गमा क्षेत्रमा जनचेतना र शिक्षाको कमीका कारण बालविवाह भइरहेको केसीले दावी गर्नुभयो ।

Exit mobile version