हेटौंडाः हेटौंडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयका शिक्षकमाथि भएको दुव्र्यवहारप्रति शिक्षकका पेसागत संघसंस्थाले विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको छ । दुव्र्यवहारप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा नगर समिति र नेपाल शिक्षक महासंघ हेटौंडा नगर समितिले ध्यानाकर्षण भएको जनाएको हो । दुबै संस्थाले बुधबार विज्ञप्तिमार्फत् घटनाको भत्र्सना गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगर कार्यसमितिले विद्यालयको आन्तरिक समस्या र त्यसका कारण विद्यार्थीको पठनपाठन अवरुद्ध भएको ध्यानाकर्षण भएको जनाएको छ । समिति अध्यक्ष दीपक अधिकारी र सचिव अमित बन्जाराद्वारा जारी विज्ञप्तिमा विद्यालय समयमा विद्यालय हाताभित्र शिक्षकहरुमाथि भएको सांघातिक हमलाको भत्र्सना गरिएको छ । महासंघले सम्बन्धित निकायसँग शिक्षक तथा विद्यार्थीको सुरक्षाको मागसमेत गरेको छ ।
यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा नगर समितिले विद्यालय परिसरभित्र गैर अभिभावकबाट भएको अमानवीय, सांघातिक, कुण्ठाग्रस्त हमला र कुटपिटप्रति भत्र्सना गरेको छ । संगठनको नगर अध्यक्ष गोपीरमण प्याकुरेल र सचिव देवराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘त्रिभुवन मावि नवलपुरमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षक तथा कर्मचारीबीच देखिएको विद्यालयको आन्तरिक समस्या र त्यसको समयमा नै समाधानमा सम्बन्धित पक्षको नतिजामुखी पहल नहुँदा विद्यालयको पठनपाठन अवरुद्ध भएकोप्रति संगठनको ध्यानाकर्षण भएको छ ।’
विद्यालयको आन्तरिक समस्या समाधान गर्न समयमै चासो नदिँदा विद्यालयजस्तो पवित्र शिक्षा प्रदान गर्ने ठाउँमा विद्यार्थी, शिक्षक तथा कर्मचारी असुरक्षित हुनु भनेको गम्भीर विषय बनेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर, हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा, ११ नम्बर वडा कार्यालय, विद्यालय व्यवस्थापन समिति, पीडित शिक्षक तथा कर्मचारी बसेर शिक्षक कर्मचारीको आयज माग सम्बोधन गरी विद्यालयमा पठनपाठन सुरु गर्न अनुरोध गरिएको छ ।