तस्बिर गुगल

हेटौंडाः बागमती प्रदेशस्तरीय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हेटौंडामा हुने भएको छ । नेपाल खेलकुद महासंघ बागमती प्रदेशको आयोजनामा हेटौंडा–११, थानाभर्‍याङस्थित सामुदायिक भवनमा आगामी शुक्रबार र शनिबार दुई दिन प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा १० टिमका २० खेलाडीको सहभागिता रहने आयोजक कमिटीका सदस्य धरम लामाले जानकारी दिनुभयो । उपत्यकाका ३ जिल्लाबाहेक बागमती प्रदेशको बाँकी १० जिल्लाका एक–एक पुरुष जोडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगिता शुक्रबार बिहान ८ बजेबाट सुरु हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । यस्तै दोस्रो हुने टोलीले २० रुपैयाँ र तृतीय हुने टिमले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

यस्तै, नेपाल खेलकुद महासंघ बागमती प्रदेशले आगामी फागुन २४ गते नारी दिवसको अवसरमा पाँच किलोमिटर महिला दौड प्रतियोगिताको आयोजना गर्ने लामाले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार रुपैया“सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । यस्तै द्वितीय र तृतीय हुनेले क्रमशः ७ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिता सञ्चालन गर्न अहिले महासंघका पदाधिकारी तथा अन्य सहयोगदाताहरुले आर्थिक सहयोग गर्दै आएका छन् ।