मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका थोकर ।

हेटौंडाः मकवानपुर प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा–८ का २९ वर्षीय युवक थोकर रहेका छन् ।

सोमबार दिउँसो १२ बजेर २० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी टोलीले मकवानपुरगढी–४ स्थित ना ४९ प ८४७८ नम्बरको मोटरसाइकल दुर्घटना भएको खबर प्राप्त हुनासाथ उक्त स्थानमा पुगी हेर्दा चालकको अवस्था सामान्य रहेकोमा कागजपत्र माग गर्दा नभएको र भारत पुर्वी चम्पारण मोतिहारी जिल्ला घर भई जिल्ला हेटौंडा–८ औद्योगिक क्षेत्रभित्रमा कार्यरत ५० वर्षीय रामदरस सहनीको गत बिहिबार ५ गते हराएको मोटरसाइकलको ईन्जिन र च्याचिस नम्बर मिलेको हुँदा थोकरलाई पक्राउ गरेको जनाइएको छ । उक्त मोटरसाइकलसहित थोकरलाई जिल्ला अदालत मकवानपुरबाट चोरी मुद्दामा १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!