मैत्रीपूर्ण खेलका लागि रेफ्रीलाई बल हस्तान्तरण गर्नुहुँदै हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर ।

हेटौंडाः हेटौंडा क्याम्पसको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार बिहान मकवानपुरका पत्रकारको टिम र क्याम्पसका प्राध्यापक कर्मचारीको टिम बीच मैत्रीपूर्ण फुटसल भएको छ । हेटौंडा–४, कमलडाँडास्थित हेटौंडा फुटसलमा भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिम ६–३ गोलअन्तरले विजयी भएको छ ।

क्याम्पस स्थापना दिवसको अवसरमा शुक्रबार विद्यार्थीबीच खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो । क्याम्पसको स्थापना दिवसको अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरले जानकारी दिनुभएको छ । भोलि आइतबार बिहान क्याम्पसको स्थापना दिवसको अवसरमा तीन दिवसीय कार्यक्रमको समापन हुने क्याम्पस प्रमुख मानन्धरले बताउनुभएको छ ।

बिहानी, दिवा र सन्ध्याकालिन सत्रमा कक्षा ११ र १२, स्नातक तथा स्नात्तकोत्तर तहमा हेटौंडा क्याम्पसले शिक्षा, वाणिज्य र मानविकी संकाय सञ्चालन गर्दै आएको छ । हेटौंडा क्याम्पसमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!