सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा ट्याक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुने मकवानपुरगढी–६ का २१ वर्षीय सुशील बिक हुन् ।

शुक्रबार राति ७ बजेर ४५ मिनेटको समयमा कान्तिलोकपथमा गुडिरहेको ट्याक्टरबाट लड्दा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । ट्याक्टर चालक फरार रहेको र उसको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रिमालले बताउनुभयो । बिकको मृत्युको विषयलाई लिएर कान्तिलोकपथ समेत अवरोध गरेका थिए ।