सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा उपमहानगरक्षेत्रका सरकारी विद्यालयका शिक्षक, कर्मचारीले मासिकरुपमा तलब पाउन थालेका छन् । यसअघि त्रैमासिक निकास बुझ्दै आएका शिक्षक, कर्मचारीले माघ महिनादेखि मासिकरुपमा तलब पाउन थालेका हुन् ।

विद्यालयका शिक्षक, कर्मचारीले लामो समयदेखि मासिक तलब पाउनुपर्ने माग गर्दै आएका थिए । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालकाअनुसार विद्यालयले शिक्षक, कर्मचारीको विवरणअनुसार महिनाको २५ गतेदेखि मसान्तसम्ममा मागफारम भरेर बुझाउँदा महिना पूरा भएको एक साताभित्र तलब निकासा गर्ने व्यवस्था मिलाइएको छ । हेटौंडा उपमहानगरपालिकामा रहेका ७६ वटा सामुदायिक विद्यालयमा एक हजार ४१ जना शिक्षक, कर्मचारी कार्यररत छन् ।