हेटौंडाः चालु आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन गरिएको पुरुष बन्ध्याकरण शिविरमा ६५ जना पुरुषले सेवा लिएका छन् । सन्तानको रहर पुगिसकेका दम्पत्तिहरुका लागि बन्ध्याकरण भ्यासेक्टोमी शिविर सेवा विभिन्न महिनामा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर र नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको नेपाल परिवार नियोजन संघका सुपरभाईजर महेश पाण्ण्डेले बताउनु भयो ।

असोज २२ र २३ गते नामटारमा सञ्चालन गरिएको शिविरमा १८ जना पुरुषले सेवा लिएको पाण्डेले जानकारी दिनुभयो । योसँगै कात्तिक ६ र ८ गते बकैया गाउँपालिकाको हात्तिसुडेमा सञ्चालन गरिएको शिविरमा १७ जना पुरुषले सेवा लिएका थिए । हेटौंडा–११ स्थित नेपाल परिवार नियोजन संघ मकवानपुर शाखामा सञ्चालन गरिएको शिविरमा ३० जना पुरुषले बन्ध्याकरण भ्यासेक्टोमी सेवा लिएको सुपरभाईजर पाण्डेले जानकारी दिनु भएको छ ।