हेटौंडाः हेटौंडा–नारायणगढ सडकखण्डअन्तर्गत हेटौंडा–१९, रजैयामा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालक कैलाश गाउँपालिका–८ का ३२ वर्षीय सुरेश मोक्तान गम्भीर घाइते भएका छन् ।

सोेमबार राती ९ बजेर ४५ मिनेटको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै बा प्र ०२–०३१ प ५९०० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको युपी ५२ बीबी ९९०० नम्बरको भारतीय कारले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोक्तानलाई उपचारको क्रममा चुरेहिल ल्याइएको थियो ।

घाइतेको अवस्था जटिल भएपछि चुरेहिलले नारायणगढको सिएमसि अस्पताल रिफर गरेको छ । मोक्तानको सिएमसिमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।