Home मुख्य समाचार मनहरीमा कारको ठक्करबाट एकजना गम्भीर घाइते

मनहरीमा कारको ठक्करबाट एकजना गम्भीर घाइते

हेटौंडाः हेटौंडा–नारायणगढ सडकखण्डअन्तर्गत हेटौंडा–१९, रजैयामा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालक कैलाश गाउँपालिका–८ का ३२ वर्षीय सुरेश मोक्तान गम्भीर घाइते भएका छन् ।

सोेमबार राती ९ बजेर ४५ मिनेटको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै बा प्र ०२–०३१ प ५९०० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको युपी ५२ बीबी ९९०० नम्बरको भारतीय कारले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोक्तानलाई उपचारको क्रममा चुरेहिल ल्याइएको थियो ।

घाइतेको अवस्था जटिल भएपछि चुरेहिलले नारायणगढको सिएमसि अस्पताल रिफर गरेको छ । मोक्तानको सिएमसिमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Exit mobile version