हेटौंडाः कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । केही महिनाअघि मात्रै राप्रपाको अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले मंगलबार गृहनगर हेटौंडामा पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका हुन् ।

पार्टीमा आफ्नो कुराको सुनुवाई नभएको भन्दै थापाले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको छ ।










