Home मुख्य समाचार मामाघरमा पुस्तकालय संचालनका लागि पुस्तक सहयोग

मामाघरमा पुस्तकालय संचालनका लागि पुस्तक सहयोग

मामाघर नेपाल मकवानपुरलाई सहयोग गरिएको पुस्तक ।

हेटौंडाः सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई पुस्तक सहयोग गरेको छ । पुस्तकालय संचालन गर्नका लागि बसन्त पन्चमीको अवसरमा दिक्षान्त प्रकाशन कीर्तिपुरले आइतबार पुस्तक सहयोग गरेको हो ।

दिक्षान्त प्रकाशनका महेश शर्मा र नम्रता अर्याल शर्माले एक लाख नौं हजार ६ सय २९ रुपैयाँ बराबरको ३ सय १० थान पुस्तक सहयोग स्वरुप उपलब्ध गराउनु भएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले बताउनुभयो । मामाघर नेपाल मकवानपुरमा संरक्षित बालबालिका र समुदायका मानिसहहरुले प्रयोग गर्न सकिने गरी हेटौंडा–११ मा रहेको मामाघर नेपालमै पुस्तकालय संचालन गर्न लागिएको पराजुलीले बताउनुभयो । पुस्तकहरु संकलनको क्रममा रहेको र पुस्तकालयका लागि आवश्यक सहयोग गर्न सबैलाई मामाघर नेपालले अनुरोध गरेको छ ।

Exit mobile version