रौतहट, भाद्र २२ ।
रौतहट जिल्लाको समग्र स्थिति र विकासको अवस्थाको सम्वन्धमा सार्वजानिक स्थल देखि चिया पसल सम्म चर्चा हुने गरेका छन ।
गौर नगरपालिकाको मधेश क्रान्ति चौकमा रहेको एउटा चिया पसलमा सधै भेला हुने विभिन्न क्षेत्रमा सरोकार राख्ने बुद्धिजीवीहरु जिल्लाको राजनितिक , आर्थिक उन्नति , विकासको प्रगति , बढ्दै गएको दण्डहीनताको अन्त्य तथा विधिको शासन लागू लगायतका विषयमा गहन रुपमा छलफल हुने गर्छन । शनिवार बिहान भएका बुद्धिजीवीहरुको भेलामा भएको अत्यंत मार्मिक र सन्दर्भिक चर्चाले मन छोयो ।
राजनितिक र संचार जगत सीत आवद्ध रहेका समूहमा भएको छलफलको विषय स्थानीय तहमा भई रहेको विभेद ,अनियमितता , सामाजिक संजालमा देखिएको पत्रकार प्रतिको वितृष्णा केन्द्रित रहेका थिए । समाजवादी पार्टीका नवनियुक्त रौतहट जिल्ला इन्चार्ज वृज कुमार यादवले वर्तमान अवस्था संक्रमणकालीन रहेको बताए । संघीयता माथि चौतर्फी प्रहार भैरहेको अवस्थाले आन्दोलनबाट प्राप्त भएका उपलब्धिको सस्थागत गर्नु चुनौतीको विषय भएको जिकिर गरे ।
इतिहास बोकेका रौतहटको सवालमा वुद्धिजीवीहरुको चिन्ता उत्सुकता जागृत हुनु जायज नै रहेको छ । आफ्नो जिल्लाको विकास र जनताको इच्छा आकांछा अनुसार जनप्रतिनिधिको कार्यको समीक्षा समालोचना आलोचना बेला बखत गर्नु पर्ने नै हुन्छ ! चिया खादै सवैले फरक फरक विचार धरना राखेका थिए ।
समाजबादी पार्टीका पूर्व जिल्ला उपाध्यक्ष श्यामविहारी यादवले सामाजिक संजालमा पत्रकार पत्रकार विचको द्वन्द देखिदा मन दुखेको बताए । पत्रकार समाजको आइना भएकोले उहाको लेखाई ,बोलाई , र हिँडाइ सभय हुनु पर्ने सुझाव दिए । उनले सामाजिक संजालमा एकले अर्का माथि लक्षित गरी लेखिदै आएका विचारले जनमानसमा पत्रकार प्रतिको विश्वास घट्दै गइरहेको बताए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले आफ्नो फरक धरना राख्दै नियमन गर्ने निकाय सक्रीय नहुँदा यस्तो अवस्था आएको बताए ।
१८ स्थानीय तह भएको रौतहटमा कुन नगरपालिका र गाउँपालिकाले के कस्ता कार्य गरेको तथा आगामी दिनहरुमा कस्तो किसिमले गर्नु पर्ने भनी तुलनातमक विश्लेषण गर्नु पर्ने आवश्यकता रहेको जोड़ दिए । १८ स्थानीय तह पुग्ने पत्रकार झाले केहि स्थानीय तहमा विभेदमा परेका जनप्रतिनिधिहरु नगरप्रमुखको भयले आफ्नो पीड़ा बाहिर ल्याउन सकिरहेको देखिँदैन बताए ।
गौर नगरपालिका , राजदेवी नगरपालिका ,चन्द्रपुर नगरपालिका , परोहा नगरपालिका ,ईशनाथ नगरपालिका , माधव नारायण नगरपालिका , कटहरिया नगरपालिका , मौलापुर नगरपालिका , बौधिमाई नगरपालिका र यमुनामाई गाउँपालिकाको जनप्रतिनिधि विचको आपसी तालमेल , विकासको गतिको तुलनात्मक रुपमा फरक फरक विश्लेषण गरिएको छ ।
मौलापुर , परोहामा मेयरको प्रभावको कारण पीड़ितहरु आफ्नो दुःख बाहिर ल्याउन सकिरहेको छैन । विकासको रुपमा चिनिने मौलापुर नगरपालिकामा संघीय सांसद प्रभु साहको भयले अनियमितता हुदा पनि जितेका वड़ा अध्यक्षहरुले आफ्नो पीड़ा भन्न सकिरहेको छैन ।
परोहामा नेपाली कांग्रेस को नगर प्रमुख र उपप्रमुख निर्वा्चित भएकोले जातीय बर्चस्वले पारदर्शी नहुँदा पनि कार्यहरु नियम सांगत भैरहेको चर्चा हुने गरेका छन ! पत्रकार धर्मेन्द्र कुमार साहले सामाजिक संजालमा देखिएको कार्य अन्त्य गर्न संवादको आवश्यकता रहेको जिकिर गरे ।
पार्टीगत लबी हावी भएको कारण एक छीनमा भ्रस्टाचारी तथा केहि छीन मै विकास प्रेमी लेखिने प्रवृतिले पत्रकार प्रतिको आम जनताको विश्वसनीय घट्दै गएकोले जनताको विश्वास जितने गरी कलम चलाउने बातावरणको विकास हुनु पर्ने जोड़ दिए । संचार माध्यम सीत आवद्ध रहेका संचारकर्मी विच सहकार्य समन्वय तथा संवादको खाँचो भएको कारण पत्रकारहरु आलोचनाको शिकार भएको उहाको कथन रहेको छ ।
विद्वानले बैचारिकमा विचार राख्नु स्वाभाविक रहेकोले बैचारिक रुपमा संवाद हुनु पर्ने अर्का संचारकर्मी दिनेश यादवको तर्क रहेको छ । उनले पत्रकारको सवै तीर ध्यान दिनुपर्ने , अनियमितता भ्रस्टाचारको अन्त्यको लागि कलम चलाउनु पर्ने समेत बताए ।
आग्रह पूर्वाग्रहले समाचार लेखेमा कुनै बेलामा आक्रमणको शिकार हुने भएकोले सत्य तथ्यको आधारमा कलम चलाए कसैले केहि गर्न नसक्ने धरना राखे ! प्रविण कुमार पाण्डेले आपसी सहकार्य नभएको कारण यस्तो अवस्था सृजना भएको विश्लेषण गरे ।
रौतहटमा भई रहेको विभेद , लूटको विरुद्ध सक्रीय पत्रकारहरुले एकरूपमा आवाज उठाए जनप्रतिनिधिहरु त्रसिने तथा पारदर्शी ढंगबाट काम गर्ने बताए । युवाको क्षेत्रमा सक्रीय रहेका सितांशु सिंहले एकता भएर अघि हिड्नु पर्ने अहिलेको आवश्यकता रहेको जोड़ दिदै अन्यायमा परेको लाइ न्यायको लागि बुलंद आवाज उठाउनु पर्ने सुझाव दिए ।