रौतहट, भदौ २२ । रौतहट जिल्लाको गौरमा छात्रा उपर एसिड आक्रमण गर्ने आक्रमणकारी फासीको मागँको माग गर्दै प्रदर्शन गरेका छन् ।
सदमुकाम गौरको सचेता युवा पत्रकाहरुको सहभागितामा मधेशी क्रान्ति चौकमा करि अधा घण्टा, एसीड आक्रमनकारीलाई फासी देऊ, पिडित मुस्कानलाई न्याय देउ, आक्रमनकारीलाई कार्यवाही गर भन्ने नाराका साथ प्रदर्शन गरिएको हो ।
विरगंज स्थित रेशमकोठीको त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार विहान ६ बजेतिर गणेशमानचोक नजिकै एसिड प्रहार गर्ने दोषीलाई कडा भन्दा कारवाही तथा पीडित किशोरीको उचित न्याय र क्षतिपूर्तिको माग गर्दै गौरको संचारकर्मी सहित युवा नेताको टोलीले विरोध प्रदर्शन गरेका हुन् ।
एसिड आक्रमणबाट उनको मुहार र शरिरको विभिन्न भाग जलेको छ । उनको उपचार अहिले अस्पतालमा भईरहेको छ भने विभिन्न राजनीतिक दलका नेताहरु समेत भेटघाट गरेका छन् । खातुनको उपचारको लागि प्रदेश सरकारले ५ लाख रुपैयाँ दिने घोषणा समेत गरेको हो । प्रेम प्रस्ताव अस्विकार गर्दा खातुनमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । अभियुक्त अहिले प्रहरी हिरासतमा रहेका छन् ।