रौतहट, भदौ २२ । गुजरा नगरपालिकाले असल ईमान्दार जनप्रतिनिधि पाएकोले जनताहरु विकासको अनुभुती गरिहेको राष्ट्रिय जनता पार्टी नेपाल गुजरा नगरपालिकाका युवा नेता बद्रुदिन अरमान भाईले बताउनु भएको छ ।
गुजरा नगरपालिकाको लक्ष्मीनिया दोस्तीया आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा नेता भाईले, गुजरा नपाका केही विकास विरोधी तत्वहरुको कारण विभिन्न समयमा जनप्रतिनिधिहरु विच मनमुटाव हुने गरेको र त्यसको समाधन गरि नगर प्रमुख सन्तलाल चौधरी, जनताको पूर्ण विकासमा अडीग रहेको कारण नगर क्षेत्रको विकास सम्भव भएको बताए ।
असल र ईमान्दार जनप्रतिनिधिहरुकै कारण विकास विरोधी तत्वहरुको जरा समेत जनताले उखेलेको र अगामी दिनमा पनि त्यस्ता तत्वहरुलाई उम्रिन नदिने भएकोले गुजरा नगरपालिकाको सर्वपक्षिय विकास कसैले रोक्न नसक्ने भएको समेत नेता भाईले ठोकुवा गरे ।
गुजरा नगरपालिका पूर्ण रुपमा कृषी प्रधान नगरपालिका भएकोले हामी खेत खेतमा सिचाई पु¥याउने योजनाका साथ अगाडी बढी रहेकोका छौ त्यसको लागि बागमति सिचाई कार्यालयलाई बाकिँ खेतको लागि सिचाईको व्यवस्था मिलाउने पहल गरि रहेको नेता भाईको भनाई रहेको थियो ।
स्थानीय सरकार संग जनता संतुष्ट रहेको :- युवा नेता बद्रुदिन
विकास विरोधी तत्वहरुको कारण विभिन्न समयमा जनप्रतिनिधिहरु विच मनमुटाव हुने गरेको