हेटौंडाः हाल २४ घण्टाको अवधिमा मकवानपुरमा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दैनिक रुपमा सार्वजनिक गर्ने विवरणअनुसार आईतबार प्रकाशित विवरणमा ३९ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा १० जना र २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यसैगरी हाल होम आइसोलेसनमा बसेका १ सय २५ जना र संस्थागत आइसोलेसनमा बसेका ८ जना रहेका छन् । यससँगै मकवानपुरमा अहिले सक्रिय संक्रमितको संख्या १ सय ३३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।











